राजनीति

सरकार संचालनको २ महिनामै तितो अनुभब भयो : प्रधानमन्त्री दाहाल

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफु प्रधानमन्त्री भएको दुइ महिनामै तितो अनुभव गरेको बताएका छन् । आज काठमाडौंमा महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संचालनको छोटो समयमै तितो भोग्नु परेको बताएका हुन् ।

प्रधनमन्त्री दाहालले भने,’‘सबैभन्दा सहज र प्राकृतिक कोर्ष भनेको १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा सहमत भएका शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’

सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले,’मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरे,’ भन्दै ,’हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,गिरिजाप्रसाद कोइरालाले आफूलाई भनेको कुरा स्मृतिमा आइरहन्छ। बेला बेलामा उतारचढाव भएपनि फेरि हामी ठिक ठाउँमा आइहाल्छौं। त्यसकारण हिजो म निकै खुसी र गर्व महसुस गरेँ।,’ बताएका थिए ।