राजनीति

काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको छ : काँग्रेस नेता निधि 

१३ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले  राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् । आज काठमाडौँमा आयोजित महेन्द्रनारायण निधिको १०१ औँ जन्म जयन्तीको कार्यक्रममा बोल्दै उनले  काँग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेको स्विकार्दै  राष्ट्रपति निर्वाचनमा काँग्रेसले कोर्स करेक्सन गरेर आएको बताएका हुन् । 

उनले भने,‘हामी गठबन्धन बनाएर निर्वाचनमा होमिएका थियौँ, तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई जोगाउन सकेनौ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउन लागिपर्ने छ’,। 

अहिले बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जाने नेता निधिको भनाइ छ।