आर्थिक

आइएमई पे को पे विथ लिंक बैंक सुविधा

फाल्गुण १४, काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछ ।

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत रू. १०० र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्नसकिने गरी व्यवस्था मिलाइएको छ ।

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम्क्यू एफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रू. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुनेछ ।

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिन्छ ।