समाचार

भिस्तारा र इण्डिगो एयर दिल्ली डाइभर्ट, आन्तरिक जहाजहरु आकाशमै

१४ फागुन, काठमाडौं । चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् ।