राजनीति

परराष्ट्रमन्त्रीको जेनेभा भ्रमणमा प्रधानमन्त्रीको रोक

१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा रोक लगाएका छन् । आठ दलको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले एमालेबाट मन्त्री बनेकी पौड्याललाई भ्रमण जानबाट रोकेका हुन् । 

मन्त्री पौड्याल मानवअधिकार परिषद्को ५२ औँ सत्रमा सहभागी हुन आज साँझ जेनेभा जाने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्र मन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेको स्रोतले बताएको छ । 

मन्त्री पौड्यालले आज दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औँ सत्रमा भाग लिन जाने र  नेपालले हालसम्म गरेको उपलब्धि र भएका कामहरूको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् । अब परिषद्को ५२ औँ सत्रमा  परराष्ट्र मन्त्रालयकै अधिकारीहरूले नेतृत्व गरेर जेनेभा जाने छन् ।