समाचार

बालुवाटारमा आठ दलको बैठक जारी

१४ फागुन, काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा आठ दलको बैठक जारी छ । बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक ठाउँमा उभिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । राष्ट्रपति निर्वाचनको अवसरमा उम्मेदवार छनोटको विषयलाई लिएर सत्ता साझेदारी एमालेसँगको राजनीतिक खटपटका कारण हिजो नै आठ दलको नयाँ गठबन्धन बनेको थियो ।