आर्थिक

अव क्यू आरबाट नेशनल लाईफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न मिल्ने

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत Fonepay Network मा आवद्ध वित्तिय संस्था /ESEWA को माध्यामबाट Dynamic QR scan गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ESEWA का प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्सको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।