१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा संसद प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचन अगावै आफ्नो दल सरकारमा सहभागी हुने बताएका छन् । प्रेस युनियनद्वारा पश्चिम नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले महत्वपूर्ण मन्त्रालय लिंदै काँग्रेस सरकारमा जाने बताएका हुन्।
नेता पौडेलले भने, ‘अरु दल पनि सरकारमा सहभागी हुँदैछन् । हामी पनि सरकारमा जाने पक्का जस्तै छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी एमाले र राप्रपाले समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरिसकेका छन् । रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडेको थियो तर रास्वपाले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म कायमै राखेको छ ।





