१६ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको खुलेर प्रशंसा गरेका छन् । आज आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ–४ मा आयोजित कार्यक्रममा बोल्दै थापाले गठबन्धन ब्युँताउनमा प्रधानमन्त्री दाहालको भूमिकाको प्रशंसा गरेका हुन् ।
महामन्त्री थापाले भने,’प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगको गठबन्धनमा पनि दाहाललाई उक्त अवसर रहेको थियो एमालेसँगको गठबन्धन छोड्नै पर्ने अवस्था थिएन,’।
पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए । दुई महिनापछि सबैले आत्म बोध गरेर पुरानै बाटोमा आएको थापाको भनाइ छ ।
उनले एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री तयार भएका छन् । त्यसैले केही धेरै प्राप्त गर्न सकिन्छ भनेर माओवादी गठबन्धन गर्न तयार नभएको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको बचाउमा संसद्मा दिएको अभिव्यक्ति पछि नयाँ गठबन्धन बन्ने जग सुरु भएको थापाको भनाइ छ।





