राजनीति

सङ्घीय निजामती र प्रहरी समायोजन ऐन तत्काल पारित गर्नुपर्छ : उपेन्द्र यादव 

upendra yadav

१७ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल पारित हुनुपर्ने बताएका छन्।उनले यी दुई विधेयकमा सरकारको भविष्य निर्धारण हुने समेत टिप्पणी गरेका हुन् ।  

आज जनकपुरमा मधेस प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले सङ्घीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्नेमा जोड दिए । उनले भने,’ सरकारले तत्काल दुई वटा काम गर्नुपर्छ। सङ्घीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण गर्नुपर्दछ। यही दुई वटा कामका आधारमा अहिलेको सरकारको भविष्य निर्धारण हुन्छ,’।

अध्यक्ष यादवले सङ्घीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने बताए। आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन नहुँदा प्रदेश सरकारले चाहरे अनुसारको काम गर्न नसकेको उनको भनाइ छ।