१७ फागुन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग टु खेल्न दुबई गएका छन् । सर्वोच्च अदालतले धरौटीमा छाड्ने आदेश सदर र विदेश गएर खेल खेल्न पाउने अनुमति प्रदान गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ क्यानले दुबई पठाएको हो ।
क्यानले सर्वोच्चको आदेश पश्चात् उनलाई आइसिसी विश्वकप क्रिकेट लिग टु खेल्न पठाउने तयारी थालेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन्दीपलाई खेल्ने स्वीकृति दिएपछि उनी आज ३ बजे दुबई उडेका हुन् ।
क्यानका अनुसार नेपाली टिमका श्याम ढकाल (मौसम) चोटका कारण घाइते भएपछि सन्दीपले उनको स्थान लिने छन्। नेपालले सिरिजको दोस्रो खेल भोलि घरेलु टोली युएईसँग खेल्नेछ ।