राजनीति

वामदेव गौतम भेट्न भैंसेपाटी पुगे ओली  

१७ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेट गरेका छन्। उनले गौतम निवास भैंसेपाटी मै  पुगेर भेट गरेका हुन्। 

 भेटमाओलीले एमालेमै फर्कन आग्रह गरेका छन् । उनले गौतमको एमालेको सङ्गठन निर्माणमा ठुलो योगदान भएको भन्दै एमालेमै फर्कन आग्रह गरेका हुन् । तर जवाफमा गौतमले आफू एमालेमा फर्कन अवरोध रहेको भन्दै पहिला अप्ठ्यारो  हटाउन भनेको स्रोतको भनाइ छ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम निष्क्रिय जस्तै बनेका थिए।  कुनै पनि राजनीतिक धारमा नलागेका गौतमले कम्युनिस्ट एकता अपरिहार्य रहेको भन्दै आफ्नै नेतृत्वमा राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका गौतमलाई भेट्न उनकै निवास पुगेर ओलीले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।