राजनीति

राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा १० दलको समर्थन छ :प्रधानमन्त्री दाहाल  

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा अरू दल पनि थपिने बताएका छन् । उनले राष्ट्रपतिको चुनाव हुने दिनसम्म आठ दलीय सत्ता गठबन्धनमा अरू दल पनि थपिन सक्ने दाबी गरेका हुन्। 

आज आठ दलद्वारा राजधानीमा आयोजित सङ्घीय सांसदको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आठ दलको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनेका रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको बताएका हुन् । 

प्रधानमन्त्री दाहालले नेपाल समाजवादी पार्टी र नेपाल आम पार्टीले राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाइसकेको जानकारी समेत दिए।