राजनीति

राष्ट्रपतिमा पौडेल सबैभन्दा योग्य र उपयुक्त पात्र : सभापति देउवा 

१८ फागुन, काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा संविधान बच्ने बताएका छन् । आज राजधानीमा आयोजित आठ दलका संघीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पौडेल निर्वाचित भए विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने बताएका हुन् । 

 अहिले देशको राष्ट्रपतिका लागि उम्मेदवार बनेका पौडेल सबैभन्दा योग्य र उपयुक्त पात्र भएको भन्दै देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन सङ्घर्षमै बिताएको चर्चा समेत गरे। 

देउवाले भने ‘रामचन्द्रजी हाम्रो पार्टीको सिनियर साथी हो । तर‚ प्रजातन्त्रको स्थायित्वका लागि उहाँले ठुलो सङ्घर्ष गर्नुभएको छ । त्यही कारण उहाँले जिन्दगीमा धेरै ठुलो दुःखहरू पनि पाउनुभएको छ,। पौडेलको पक्षमा खुलेर बोलेका देउवाले अघि भने,‘तपाईँहरूलाई शेरबहादुरले रामचन्द्रलाई कहिल्यै केही दिएन भन्ने परेको होला । तर हामी धेरै पुरानो साथी हौँ ,त्यस कारण अहिले रामचन्द्र जीलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छौँ, वास्तवमा यो अत्यन्तै महत्त्वपूर्ण घडीमा महत्त्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौँ ।’

अब काँग्रेसको तर्फबाट राष्ट्रपति निर्वाचित भएपछि  विगतको जस्तो संविधान च्यात्ने प्रयास फेल हुने देउवाको भनाइ छ।  उनले प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि पौडेलले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।