खेलकुद

पीएनजीद्वारा नेपालसामु १८० रनको लक्ष्य प्रस्तुत

१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाको तेस्रो खेलमा नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले १८० रनको लक्ष्य दिएको छ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको हो।
पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए। त्यस्तै कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।तिब्र गतिका बलर करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए ।