राजनीति

सुवास नेम्वाङ र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता

१९ फागुन, काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । भेटमा नेम्वाङले राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गरेर सहयोग गर्न ठाकुरलाई आग्रह गरेका थिए।

जवाफमा अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गरेर जवाफ दिने बताएका थिए । श्रोतका अनुसार अध्यक्ष ठाकुरले भने, ‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ । मतदानको लागि आग्रह गर्नुभएको छ पार्टीको बैठक बसेर निर्णय गर्छौं’ ।

भेटमा सहभागी भएका एमाले सचिव योगेश भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ प्रति लोसपा सकारात्मक भएको बताए। उनले संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले नेम्वाङ नै उपयुक्त हुनुहुन्छ । बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ’ भट्टराईले भने ।

राष्ट्रपतिको उम्मेदवार बनेपछि नेम्वाङको विभिन्न राजनीतिक दलहरूसँग भेटघाट बाक्लिएको छ।