२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राम्रो काम गर्न खोज्दा चारैतिरबाट प्रहार भइरहेको बताएका छन्।
आज भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषदको केन्द्रिय समितिको बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीले राम्रो गर्न खोज्दा चारैतिरबाट प्रहार हुनु मुलुकका लागि दूर्भाग्य भएको टिप्पणी गरेका हुन् ।
ओलीले भने,‘दूर्भाग्यको कुुरा एमाले जस्तो पार्टीले देशका लागि राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ। यथार्थता त यही हो नि । किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल भएका छन ।’
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले महत्वपुर्ण भूमिका खेल्नु पर्ने समेत बताए ।





