राजनीति

जसपाका ८० जना नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समितिको सिफारिस 

२० फागुन, काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा )द्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भएको अन्तर्घात बारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।आज पार्टी कार्यालय बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

समितिले निर्वाचनमा अन्तर्घातको आरोप लागेका मध्य १५२ जना नेता कार्यकर्तामाथि बयान लिइएको थियो ।जसमध्ये छानबिन समितिले बुझाएको प्रतिवेदनमा ८० जनालाई कारबाहीको लागी सिफारिस गरिएको छ ।

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको थियो। छानबिन समितिले जिम्मेवारी पाएको ४९ औँ दिनमा पार्टीलाई छानबिन समितिको  प्रतिवेदन हस्तान्तरण गरेको हो।