राजनीति

घाईते रिमाललाई भेट्दै बिद्यार्थीहरुसँग डा कोईरालाले भनेः स्वबीयू निर्बाचनको तयारीमा लाग्नुस् अरु म मिलाउछु

२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला नेबिसंघको आन्तरिक द्वन्द्वमा घाईते भएका नेबिसंघका पूर्व कोषाध्यक्ष शिव पिरमाललाई भेट्न अस्पताल गएका छन् ।

डा कोइरालाले स्टार हस्पिटलमा पुगि पुर्व कोषाध्षक्ष शिव रिमालको स्वास्थ लाभको कामना गर्दै भेट गरेका हुन् । नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा रिमालमाथी आक्रमण भएको कोईराला पक्षीय नेबिसंघका बिद्यार्थीहरुले आरोप लगाएका छन् । नेविसंघका नेता रिमालमाथी भएको सांघातिक आक्रमणको डा कोईरालाले निन्दा गरेका छन् ।

डा कोईरालाले देशभरका नेविसंघका बिद्यार्थीहरुलाई रत्तिभर पनि विचलित नभई स्ववियु निर्वाचनको तयारिमा लाग्न र संगठन भित्रका अराजक, अवैधानिक गतिविधि गलत रहेको भन्दै पार्टिभित्र गम्भीर कुरा गर्ने बचन दिएका छन् ।
केहीदिन अगाडी भएको झडपमा नेता रिमालमाथी आक्रमण भएपछि उनी अस्पतालमा उपचाररतः छन् । डा कोईरालाका साथमा नेबिसंघका पूर्वमहामन्त्री मनोजमणी आचार्य, नेबिसंघका पुर्वअध्यक्ष रञ्जीत कर्णलगायतका नेताहरुको पनि उपस्थिति थियो ।