२२ फागुन, काठमाडौँ । आइसिसी विश्वकप लिग टु क्रिकेटको त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले युएईलाई २३० रनको लक्ष्य पस्किएको छ।
दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनाएको हो। नेपालको तर्फबाट भीम सार्कीले अर्धशतक बनाए।
सार्कीले ९९ बल खेल्दै सर्वाधिक ७० रन बनाउँदै आउट भए। नेपालका लागि राष्ट्रिय टिममा डेब्यु गरेका सार्कीको यो पहिलो अर्ध शतक हो ।सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भएका थिए।त्यस्तै कुशल मल्ल ३२ तथा करण केसी १७ रनमा आउट भए ।
खराब सुरुवात गरेको नेपालले आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । लिग टु शृङ्खलाको शीर्ष तीनभित्र रहनका नेपाललाई आजको खेल जित्ने पर्ने दबाब छ।