राजनीति

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट दर्ता, राजीनामा दिने संकेत !

२३ फागुन, काठमाडौँ । सर्बोच्च अदालतमा प्रधानमन्त्रीबिरुद्ध रिट दर्ता गर्न मिल्ने भनि अदालतले आदेशदिएपछि आज सर्बोच्च अदालतमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबिरुद्ध मुद्धा दर्ता भएको छ ।
न्यायधीशद्वय हरि फुयाँल र इश्वर खतिवडाको संयुक्र इजलासले प्रधानमन्त्रीबिरुद्धको मुद्धा दर्ता गर्न मिल्ने भनेपछि आज उक्त रिट दर्ता भएको हो ।
प्रधानमन्त्री दहाललाई २५ गते अदालतमा हाजिर हुन आदेशसमेत दिईएको छ । कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले प्रधानमन्त्री दहाललाई हदैसम्मको कारबाही गर्न माग गर्दै रिट दर्तँ गरेका छन् ।
आजमात्र माओबादीसमर्थीत आठ दलले एक भएर अगाडी बढ्ने बताईरहेका बेला अदालतमा रिट दर्ता भएको हो ।
प्रधनमन्त्रीबिरुद्ध रिट दर्ता भएपछि अब राजनीतिक कोर्ष कता जान्छ त्यो हेर्न बाँकी छ । माओबादी अध्यक्ष दहालले राजीनामा दिनेसमेत सम्भावना रहेको राजनीतिकबृतमा हल्ला चलेको छ । प्रधानमन्त्री दाहालले एक कार्यक्रममा आफूले पाँच हजार मान्छे मारेको हुँ भनेर स्वीकारेका थिए, उक्त कार्य गलत भएको भन्दै कडा कारबाहीको मागसहित रिट दर्ता गरिसकिएको छ ।