२७ फागुन, काठमाडौं । अभिनव साहित्य समाजको आयोजनामा आज भैरव स्मृति भवन जोरपाटी, गोकर्ण काठमाडौंमा अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्व, समाजका सचिव परशुराम पराजुलीजीको सञ्चालन र शारदा पराजुलीको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई हार्दिक बधाई, शुभकामना र अभिनन्दन अर्पण गरियो । यसैगरी प्राज्ञ विष्णु प्रभातलाई बिसहजार नगद सहित अभिनन्दन अर्पण गरियो ।
वेदमणि अभिनव गजल पुरस्कारबाट दशहजार नगदसहित शान्ती शर्मालाई पुरस्कार तथा सम्मान गरिनुको साथै समाजसेवी मुसुरी लामाज्यूलाई सम्मान अर्पण गरियो । यस अवसरमा कलाकार जानुका भट्टराई तथा केशवराज मैनालीलगायतबाट बेचिएकी चेली नामक करुणरस प्रधान नाटिकाको प्रस्तुति भएको थियो ।
प्रमुख अतिथिको आशसनबाट गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुनथालेको भन्ने सुन्नमा आएको छ । भर्खर गठनभएको संस्थाको केही दिन काम हेरेर मात्र मूल्याङ्कन गरिनुपर्छ भन्ने भाव राख्दै साहित्यकारहरुलाई प्रेरणा दिने काम गरे ।
यसैगरी विशेष अतिथि तथा अभिनन्दित व्यक्तित्वको रुपमा नगर प्रमुख रिसाजले गोनपालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाको रुपमा अभिनवलाई लिएका छौ र यस नगरभित्र रहेका सम्पूर्ण साहित्यिक सस्थाहरुलाई सहयोगात्मक भूमिका न।पा।ले गर्दै जाने कुरा राखे भने उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नपासँधै तयार छ र खासगरी महिला साहित्यकाहरुलाई उत्प्रेरणा दिने कार्यमा पनि न।पा।ले विशेष सहयोग गर्ने कुरा राखे । अर्का अभिनन्दित व्यक्तित्व श्री प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, सांख्य (देवहुतीद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली हो भनेर सुन्दर व्याख्या गरे ।
गोनपा ६ का वडा अध्यक्ष नवराज लामाज्यूले शुभकामना मन्तव्य दिएका थिए । अर्की पुरस्कृत व्यक्तित्व शर्माले एक सुन्दर गजल गायन गरेका थिए । अभिनन्दन तथा सम्मानपत्रको वाचन मेनका पोखरेल र घनश्याम प्रसाईले गर्नुभएको र अर्का कार्यसमिति सदस्य सुमन पुडासैनीले व्यवस्थापनको कार्य गरेका थिए । सभापतिको आशनबाट वेदमणिले वर्तमान नेपाल सरकारले प्राज्ञताको प्रचलित मापदण्ड विपरित प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा यसको सुधार हुनुपर्ने माग राखे ।
यो नभएसम्म कुनै पनि परिषद सदस्यको भूमिकालाई वहिष्कार गरिनुपर्छ भन्ने माग राखे । एकसयभन्दा बढीको उपस्थित रहेको आजको कार्यक्रममा उपस्थित कवि कवयित्रीले आफ्नो रचना प्रस्तुत गर्न नपाएकोमा क्षमा माग्दै आगामी मासिक कार्यक्रमहरुमा सो अवसर प्राप्त गराउने वचनवद्धता पनि प्रकट गरिएको छ ।