राजनीति

पत्रकार, पत्रकार महासंघ बिक्रीमा छन्, पीत पत्रकारीता डरलाग्दो अवस्थामा छः सभामुख घिमिरे

३ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा भएको र नेपालमा पीत पत्रकारीता हावी भएको बताएका छन् ।
उनले पत्रकारहरुसँगको भेटमा पत्रकारहरुले जति जिम्मेवारीसाथ काम गर्नुपर्ने हो त्यो नभएको बरु पत्रकारहरु बिक्रीमा भएको बताएका छन् ।
उनले पत्रकार महासँघका जिम्मेवार ब्यक्तीहरुसँग कुरा गर्दै पत्रकारहरुलाई बिग हाउसहरुले फकाएर, थर्काएर, किनेर आफ्नो पक्षमा ल्याएको भन्दै राज्यले राज्यले यसलाई कानून ल्याएर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
सभामुख घिमिरेले जे कारणले भएपनि पीत पत्रकारीता डरलाग्दो भएको पत्रकारहरुमात्र बिक्रीमा भएकोमात्र नभएर पत्रकार महासँघसमेत बिक्रीमा भएको बताएका छन् । उनले यसलाई सभामुखले लुकाउनुपर्ने आवश्यक्ता नभएको भन्दै राज्य कसैले के भन्छ भनेर आफूले लुकाउनुपर्ने आवश्यक्ता नभएको बताएका छन् ।