राजनीति

सरकारमा सहभागी हुने काँग्रेसको निर्णय, काँग्रेसले कस-कसलाई मन्त्री बनाउला ?

५ चैत्र, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृतवको सरकारलाई बिश्वासको मत दिने निर्णय गरेको छ ।
भोली बिश्वासको मत दिने तयारीमा लागेका प्रधानमनत्री पुष्पकमल दाहाललाई बिश्वासको मत दिँदै आफू पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

काँग्रेसलाई पाखा लगाउँदै एमालेसंगको एकाएक सहमतीमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई काँग्रेसले यसअघिपनि बिश्वासको मत दिएको थियो ।

काँग्रेसले बिश्वासको मत दिएपछि पुनः काँग्रेससंग नजिकिएका प्रधानमन्त्रीपछि पछिल्लो समय एमालेसँगको दूरी बढेको छ ।

एमालेले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई बिश्वासको मत नदिने संकेत दिईसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपतिलगायतमा काँग्रेससहितका १० दलको भागबण्डाका आधारमा गिभ एण्ड टेक हुने देखिएको छ ।

यसअघि काँग्रेसले राष्ट्रपति र जनता समाजबादीले उपराष्ट्रपति पाईसकेका छन् ।

काँग्रेसले पार्टीबाट बिजय भएका ८९ साँसदमध्ये यसअघि मन्त्री नबनेकालाई प्राथमीकतामा राखी मन्त्री बनाउने अनुमान राजनीतिकबृतमा लगाइएको भएपनि मन्त्री बन्नका लागि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता डा शेखर कोईरालाको निवासमा धाउने साँसदहरुको संख्या बढ्न थालेको छ । अब बिश्वासको मत लिएपछि प्रधानमन्त्रीले खाली रहेको १६ मन्त्रालयमध्ये केहीमा मन्त्रीहरु नियुक्त गर्नेछन् ।