राजनीति

कुनैपनि बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः नेता डा कोईराला

८ चैत, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन भनेका छन् ।
डा कोईरालाले विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको कुरालाई जोड्दै फोन ट्यापीङको बिषयमा कुरा उठाएका हुन् ।
उनले मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस भनेका छन् ।

डा कोईरालाले आज एक ट्वी गर्दै फोन ट्यापीङको बारेमा महत्वपूर्ण लकुरा राखेका छन् ।

डा कोईरालाको ट्वीटः

लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन्। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ। राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस्।