राजनीति

यति धेरै युवाहरु निरास भएको अहिलेसम्म देखेको थिईनः माहामन्त्री थापा

९ चैत्र, काठमाडौँ। नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीले डराउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले डराएमात्र अरु सबै जिम्मेवार हुने बताए ।

महामन्त्री थापाले एक्लै देश र जनताको काम गर्न नसकिने भन्दै नागरीकलाई नतर्साउन भन्दै भेटघाट बन्द गरेर भएपनि दिनमा आधा घण्टा समय निकालेर आफुसँग भएको समयको सदुपयोग कसरी गर्न सकिन्छ त्यसको खोजी गर्न आग्रह गरेका छन् ।
माहामन्त्री थापाले प्रधानमन्त्रीलाई सल्लाह दिँदै जनतालाई तर्साउनुभन्दा देश र जनताको काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले आफूसँग १७२ मत छ भन्दै ढुक्क नहुन आग्रह गर्दै यति धेरै युवाहरु निरास भएको २०५९–६० सालदेखी कहिल्यै नदेखेको बताए ।


रेडियो प्रशारक संघको कार्यक्रममा बोल्दै देशमा कम्तीमा दिनमा दुईवटा भएपनि राम्रा कुरा सुनेर निदाउने अवस्थगा ल्याउन आग्रह गर्दै प्रधानमन्त्रीका लागि एक एक सेकेण्डको पनि धेरै नै मूल्य हुने दाबी गरेका छन् ।

उनले भने, ‘‘हामी लोकतन्त्रमा निर्वाचनलाई सुन्दर पक्ष मान्छौँ तर निर्वाचित भएको सरकारले के गरिरहेको छ भनेर निगरानी गर्ने कुरा महत्त्वपूर्ण हुन्छ, सरकारले निरन्तर विधिको शासनको परिपालना गरिरहेको छ कि छैन ? संविधानले सरकारको पनि सीमाना तोकिएको छ, त्यहाँ बसिरहेको छ कि छैन ? सञ्चार क्षेत्रले त्यसको निगरानी गर्न सक्नुपर्छ ।’


माहामन्त्री थापाले सामुदायीक रेडियोको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि कानूनीदेखी सबैखाल्का सहयोग गर्न आफू तयार भएको बताए । उनले सामुदायीक रेडियोले सही ढंगले काम गर्ने सके यसको स्पेसको महत्वपूर्ण अर्थ रहने बताए ।