राजनीति

आज सार्बजनिक भएको जनसंख्याले यस्तो देखाउँछ देशको समग्र सबैभन्दा महत्वपूर्ण रेखाचित्र

१० चैत्र, काठमाडौं । नेपालमा दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या पुगेको सार्बजनिक भएको छ ।
नेपालमा सबैभन्दा जनसंख्या बृद्धिदर भक्तपुरमा र सबैभन्दा कम बृद्धिदर रामेछापमा भएको देखिएको छ ।
यस्तै साक्षरतालाई हेर्दा ७६.३ प्रतिशत देखाएको छ । ३८.८ प्रतिशत महिलाका नाममा घर वा जग्गा भएको बिबरणले देखाएको छ । ७५ लाख ५२ हजार ६६ वटा घरधुरी देखिएको छ, जनसंख्याका हिसावले मनाङमा सबैभन्दा कम जनसंख्या र काठमाडौंमा सबैभन्दा बढी जनसंख्या भएको देखाएको छ ।
यसमा ४.५ प्रतिशत जनसंख्या अझै पनि शौचालयको पहुँचबाट बाहिर रहेका छन् । यसमा १९.५ प्रतिशत जनसंख्याले १२ पास गरेको तथ्याँक छ । कोरोना भाईरसको संक्रमणका कारण जनगणनामा समस्या भएपनि आज उक्त बिबरण सार्बजनिक भएको ।