राजनीति

 प्रधानमन्त्री दाहाल, देउवा र  नेपालबिच भेटवार्ता

१३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहालले आज बिहान नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

मन्त्रीपरिषद् विस्तारका अन्तिम तयारीमा रहेका प्रधानमन्त्रीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् । 

आजको भेटवार्ता बाट मङ्गलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।