राजनीति

जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा

१३ चैत्र, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताएका हुन्।

अध्यक्ष थापम लेख्छन् माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोछ।उनीहरुका परिवारले न्याय पाउनुपर्छ। हत्याुलाई वर्गिकरण गरेर अपराधीलाई उन्मुक्तिदिनु संक्रमणकालिन न्यायको मान्यता होईन।हत्या जघन्य अपराध हो।अहिले विद्रोही र सरकार दुवै एउटै भएकाछन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।