२५ चैत, काठमाडौं । राप्रपाका प्रवक्ता एबम् साँसद ज्ञानेन्द्र शाहीले एकाबिहानै एक कविता लेखेका छन् । भ्रष्टाचारी अभियान्ता हुृँदै पछिल्लो समय राष्ट्रबादी छबिमा चिनिनि थालेका साँसद शाहीले लडाई शीर्षकमा सामाजिक सञ्जालमा मार्मिक कविता लेखेका हुन् । उनको कविता
हिजो
एक टुक्रा बारीको निम्ति
तिमी खुब लड्यौ
आफ्नै भाइसंग
मझेरीमा किल्ला गाडियो
सम्बन्ध पानी बाराबारको भयो
आज
छिमेकीले हाम्रो जमिन मेरो भन्छ
हाम्रो खोला मेरो भन्छ,
चुपचाप हेरिराख्न के मान्छ र तिम्रो मुटु ?
दाइ, बिर्सनुभयो र ?
साँधको ढुङ्गा सारेको निहुँमा
हजुरको खुकुरीले भाइको गर्दन चुमेको
हेर्नुस्, अहिले छिमेकीले साँधै नराखी
मोटर गुडायो
खुकुरी दापभित्र राखेर बस्न मान्छन् र ती हात ?
बहिनी, तिमी सम्पत्तिमा
समान हक माग्छौ नि…
हेर, छिमेकीले भनिरहेछ
माथिको डाँडा उसको अरे
तलको फाँट उसको अरे
भोलि केही बाँकी नै नरहे….
हामी के भाग लगाउने ?
आफ्नो माटोमा अरुले राज गरेको हेर्न मान्छन् र तिम्रा आँखा ?
लड्न त हामी लडिरहेका छौ
तर सधै आफ्नाहरु संग
दाइले भाइको खुट्टा तान्दै
भाइले दाइको खुट्टा तान्दै
हामी धेरै तल भासियौ
र छिमेकीले
हाम्रो घरखेत नै मेरो भन्न थाल्यो भने
लडाइँको अन्त्य हुन्छ कि सुरुवात ?