राजनीति

दुर्गा प्रसाईसँग मन्त्री बन्न दुई करोड मागेको प्रमाण सार्बजनिक भएपछि रबि लामिछाने तानिए बिबादमा

२६ चैत, काठमाडौं । रास्वपाका साँसद ढाकाकुरमार श्रेष्ठले मेडिकल ब्यावशायी दुर्गा प्रसाईसंग दुई करोड मागेको अडियो सार्बजनिक भएको छ ।
आफ्नो पार्टीले स्वास्थ्य मन्त्रालय पाउने भन्दै उक्त मन्त्रालय रास्वपाले पाएमा आफू स्वास्थ्य मन्त्री हुनेभएकाले त्यसका लागि रास्वपाका नेताहरुलाई पैसा बुझाउनका लागि आफुलाई सहयोग गर्न प्रसाईँसँग भनेका छन् ।
साँसद श्रेष्ठले तीन महिना अगाडी आफूले मन्त्री पाउने भन्दै त्यसका लागि आग्रहसाथ यसो भनेका थिए ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’
उनले भनेका छन्, ‘ ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
अर्बोँका मालिक बिएण्ड सी अस्पतालका सँचालक दुर्गा प्रसाईँसँग साँसद श्रेष्ठले पैसा मागेको अडियो सार्बजनिक भएपछि चितवन क्षेत्र नम्बर २ का साँसदका उम्मेद्वार एबम् रास्वपाका सभापति रवि लामिछानेको अर्को काण्ड सार्बजनिक भएको छ ।

उनले प्रसाईँसँगको कुराकानीमा रवि लामिछानेलाई सीधै पैसा दिने नबताएपनि पैसा सीधै पार्टीलाई जाने बताएको कुरा सुन्न सकिन्छ ।

रास्वपाले उक्त पैसा मागेको कुरा निराधार भएको भन्दै श्रेष्ठ साँसदबाट निलम्बन गरेर छानबिन गर्ने बताएको छ । रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त कुरा अस्वीकार गरेका छन् ।
कुराकानीमा साँसद श्रेष्ठलाई आफुले दुई करोड सहयोग गर्न तयार रहेको तर नेताहरुसँग अलिकति समय माग्न आग्रह गरेको देखिन्छ । साँसद श्रेष्ठले मन्त्रीभएपछि आफू र दुर्गा प्रसाईबीच मिलेर काम गर्ने बताएपछि प्रसाईले सहयोग गर्ने ह्वाट्सअपमा गरिएको कुराकानीमा देखिन्छ ।
बिबादित मेडिकल ब्यावशायी दुर्गा प्रसाईँ र साँसद श्रेष्ठबीचको कुराकानी रास्वपा सरकारबाट बाहिरीएको अलि पछाडी नै बाहिरीएको छ । रास्वपाले उक्त दुई करोड रकम मागेको अडियो सार्बजनिक भएपछि ढाका कुमार श्रेष्ठमात्र होईन सामाजिक सञ्जालमा बिश्वभर बस्ने नेपालीहरुबाट रबि लामिछाने र रास्वपाको तीब्र रुपमा आलोचना भईरहेको छ ।