२९ चैत, काठमाडौं । राश्वपा साासद ढाका कुमार श्रेष्ठलाई पार्टीले कारबाही गरेको छ । आज पत्रकार सम्मलेन गर्दै पार्टी सभापति रबि लामिछानेले साँसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।
काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले डा श्रेष्ठलाई कारबाही गरेको हो । डा श्रेष्ठले बिबादास्पद स्वास्थ्य ब्यावशायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको भिडियो सार्बजनिक भएपछि बिबादमा आएका थिए ।
डा श्रेष्ठको स्थानमा मकवानपुरकी बिन्दबासिनी श्रेष्ठलाई साासद बनाउन सिफारिस भएको जानकारी सभापति लामिछानेले दिएका छन् ।
डा ढाकाकुमार श्रेष्ठले उक्त आडियो आफ्नो नभएको दाबी गरेपनि पार्टीको आजको बैठकले उक्त स्वर डा श्रेष्ठको नै भएको पार्टीले बताएको छ । १० बर्षअघि एसिड आक्रमणमा परेकी कँसाकारलाई रास्वपाले दुईमहिना अगाडी केन्द्रीय सदस्य बनाएको थियो । एसिड हाल्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ ।





