राजनीति

गुरुराज आक्रोशित हुँदै भन्छन्ः दिनानुदिन देश दलदलमा जाकिदै छ, अब राष्ट्रप्रेमी म मुकदर्शक रहन सक्दिन

१ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले दिनानुदिन देश दलदलमा जाकिदै छ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै नयाँ बर्ष २०८० का अवशरमा माजले आफ्नो प्रतिष्ठा र आत्मसम्मान गुमाउँदै गएको छ। देश चलाउने जिम्मा पाएका व्यक्तिहरु चरम राष्ट्र दोहनमा लिप्त भएको आरोप लगाएका छन् ।


आजका दिन केही नयाँ कुरा गर्ने यसअघि नै सार्बजनिक गरिसकेका नेता घिमिरेले, ‘यसबाट मुक्तिको कुनैं लक्षण छैन, दिनानुदिन देश दलदलमा जाकिदै छ, यस्तो स्थितिमा एउटा राष्ट्रप्रेमी नागरिक मुकदर्शक रहन सक्तैन’ भनेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः

देश बिदेशमा रहनुभएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा नवबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना छ !
केही दिन अघि मैंले नयाँ बर्षबाट परम्परागत राजनीतिको अन्त्य, नयाँ शिराबाट नयाँ राजनीतिक निर्णय भन्ने बिचार सम्प्रेषण गरेको थिएँ। नयाँ बर्ष आजबाट प्रारम्भ भयो। मैंले देश र राजनीतिक दलभित्रका बेथितिहरुका बारेमा बोल्दै र लेख्दै आएको छु।
गैरजिम्मेवार र स्वेच्छाचारी राजनीतिज्ञ, कुलिनतन्त्रको चरित्र ग्रहण गरेको लोकतन्त्र र दास राजनीतिक कार्यकर्ताहरुका कारण नेपाली समाज पतनोन्मुख छ। कुनैं न कुनैं दिन केही न केही त पाइहालिएला भनेर दिन गनेर नेताको दैलो ढुकेर बस्ने पार्टी सदस्य र हाम्रो भाग्य यस्तै रहेछ भनेर बिधातालाई दोष दिएर बस्ने जनताको ईमानबाट फाइदा उठाईरहेका समाजका धुर्त व्यक्तिहरुका कारण हाम्रो समाजले आफ्नो प्रतिष्ठा र आत्मसम्मान गुमाउँदै गएको छ। देश चलाउने जिम्मा पाएका व्यक्तिहरु चरम राष्ट्र दोहनमा लिप्त छन्। यसबाट मुक्तिको कुनैं लक्षण छैन। दिनानुदिन देश दलदलमा जाकिदै छ। यस्तो स्थितिमा एउटा राष्ट्रप्रेमी नागरिक मुकदर्शक रहन सक्तैन।
तसर्थ आगामी बैशाख ११बाट समाजमा व्याप्त बेथितिका बिरुद्ध राष्ट्रव्यापि (सतहत्तरै जिल्ला अभियान अर्थात् पदयात्रा चलाईने छ। यस अभियानका क्रममा सबै प्रकारका बिसंगतिहरुलाई उजागर गरिनेछ, जसअन्तर्गत दलभित्र र बाहिरका सम्पूर्ण गतिविधि समेटिने छन् । यस बिषयको बिस्तृत कार्ययोजना बैशाख ७ गते भित्र सार्वजनिक गरिने छ।