राजनीति

शिक्षक संघको अध्यक्षमा देउवा पक्षका बानियाँलाई हराउँदै कोईराला पक्षका गिरि अधिकाँस सदस्यसहित निर्बाचित (मतसहित)

१ वैशाख, काठमाडौँ । बुधबार र बिहीबार काठमाडौंमा सम्पन्न भएको नेपाल शिक्षक संघको निर्बाचनमा सोमनाथ गिरी निर्बाचित भएका छन् ।
डा शेृखर कोईराला पक्षका गिरीले ३०५ मतसहित संस्थापन पक्षका गोकर्ण बहादुर बानियाालाई पराजीत गरेका छन् ।
महासचिवमा ज्ञानेन्द्र बहादुर रावल र उपाध्यक्षमा धनकला भण्डारी बाहेक अधिकाँस पदाधिकारी तथा सदस्यहरु काँग्रेस बरिष्ठ नेता डा कोईराला पक्षका निर्बाचित भएका छन् ।
देउवा पक्षका अध्यक्षका प्रत्यासी बानियाँले २९८ मत ल्याएका छन् । जम्म ६०७ मतमा भएको गण्नाको नतिजा आज आएको हो । नेपाल प्रेश यूनियन आफ्नो पोल्टामा पारेको डा शेखर पक्षले शिक्षक संघ पनि आफ्नो पक्षमा पारेको छ । नेपाली काँग्रेसले नेबिसंघ, तरुण दल, महिला संघलगायतका भातृसंस्थाको अधिवेशन गर्न सकेको छैन । उक्त भातृसंस्थाको अधिवेशन भएको आफ्नो पक्षले बिजय हाँशिल गर्ने डा कोईराला पक्षको तर्क छ ।