राजनीति

अब काँग्रेसमा सभापतिदेखी वडास्तरका नेतासम्म जनसेवामा ब्यस्त हुनुपर्छः माहामन्त्री थापा

२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले काँग्रेसमा सभापतिदेखी वडाध्यक्षसम्म सबै ब्यस्त हुनुपर्ने बिचार ब्यक्त गरेका छन् । उनले ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ । ऊसलाई भ्याइनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ ।’ भनेका छन् ।


नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘तपाईंरहामी सबैले मिहिनेत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो । यसमा हामीले ठीक ढंगले काम गर्न सक्यौ भने अबको ३र४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ । ठीक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौं भने फेरि सम्हालिँदै जान्छ ।’


काँग्रेसका लोकप्रीय युवा नेता थापाले २०८० साललाई काँग्रेस शसद्धीकरण बर्ष बनाउनुपर्ने भन्दै एकल सरकार बन्न नसक्ने अवस्थालाई हेर्दै निर्बाचन प्रणाली सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिका निबर्तमान सभापति पुरुसोत्तम ठकुरी महामन्त्री गगन थापालगायतबाट सम्मानित हुँदै ।


२०८० सालको क्यालेण्डर बिमोचनसहितको कार्यक्रममा प्रमु्ख अतिथीको रुपमा निम्त्याईएका काठमाडौं ४ का साँसदसमेत रहेका थापाको सम्पर्क समितिद्वारा आयोजीत कार्यक्रममा सहभागीहरुको भीड रहेको थियो ।