राजनीति

काँग्रेस सुन हो, अरु पीत्तल हुन्, जनताले दोधार नभएर सुन र पित्तल चिन्नुपर्छः उपसभापति गुरुङ

२ बैसाख, तनहुँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन्। तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उनले बताए। “तनहुँवासी अहिले भ्रममा परेर अल्मलिने समय होइन, एक पटकको गल्तीले वर्षौँको विकास निर्माणलाई प्रभावित बनाउँछ”, उपसभापति गुरुङले भने, “दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ ।” उनले दोधार नभइ लोकतन्त्रको संरक्षण गर्ने व्यक्तिको छनोट गर्नुपर्ने अवस्था रहेको बताए । काँग्रेस सुन हो, अरु पीत्तल हुन्, जनताले दोधार नभएर सुन र पित्तल चिन्नुपर्छ भनेका छन् ।

लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन हुन्छः डा रिजाल

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । तनहुँ लोकतन्त्र सम्बर्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको समुन्नत विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रियामा उनले लोकतान्त्रिक व्यवस्थाले मात्रै स्वतन्त्रता कायम गरेकाले परिवर्तन हुने बताए ।

“लोकतन्त्रले हरेक मुद्दामा प्रतिस्र्धात्मक तवरबाट अगाडि बढ्ने वातावरण कायम गरेको छ, हरेक कुराको अभिव्यक्ति दिएर जनताको अधिकार पूरा गर्नसक्ने व्यवस्था निर्माण पनि लोकतन्त्रले नै गरेको हो”, उनले भने। राष्ट्र निर्माणमा कसैले पनि रोक लगाउन नसक्ने उहाँको भनाइ छ । लोकतन्त्र र संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी भएको उनले बताए ।

लोकतान्त्रिक विचारधाराले एकता कायम भएका सत्ता साझेदार पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत डा रिजालले अपिल गरे । हिँडेर यात्रा गर्नुपर्ने तनहुँको सदरमुकाम आवतजावतमा अहिले हरेक समय समयमा सवारीसाधन चल्ने गरी विकास भएको उनले दाबी गरे । तनहुँको विकास कांग्रेसको नेतृत्वमा नै ग्रामीण क्षेत्रका जनताले सहजता कायम भएको उनले बताए ।