३ बैशाख, काठमाडौं । नितिन मिश्रको उपन्यास “म र म” आज सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रध्यापक डा ज्ञानु पाण्डे, समालोचक गुरुङ शुसाङ्क, कलाकार मदनदाश श्रेष्ठ तथा प्रभाकर शर्मा, र नेपाल सरकारका पुर्व सचिव खेमराज नेपालले संयुक्त रूपमा विमोचन गरे ।
कार्यक्रमा डा. ज्ञानु पाण्डले उपन्यास एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिदै जाने बताए ।
“उपन्यासले एउटा व्यक्तिको चन्चल मन र मन भित्रको चेतनाक बीचको द्वन्द देखाउन खोजेको छ । मनलाई लढेर जित्न सारै गारो हुने भएकाले नियन्त्रण गर्न सक्नु पर्छ भन्ने सकारात्मक सन्देश उपन्यासले दिन खोजेको छ ।” पाण्डेले बताए ।

उपन्यासमा समाज, प्रेम, ईश्वर, परिवार र सम्बन्धको चिन्तनशितलाई मनो वैज्ञानिक तरिकाले उठान् गरिएकाले यसबाट भरपुर मनोरञ्जन प्राप्त गरेको पनि उनले बताए ।उपन्यासले जीवनलाई नयाँ तरिकाबाट जीउनलाई नयाँ ज्ञान सिकाउन खोजेको छ । यसले नेपाली साहित्यक्षेत्रमा नयाँ र बिर्सिन नहुँने नामको उदय हुने उनले बताए ।
यस्ते कार्यक्रममा बोल्दै समालोचक गुरुङ शुसाङ्कले पुस्तकले नितिनका थप अनुभव र भोगाइलाई समेटेको उल्लेख गरे । उपन्यासमा कथा र भाषा सरल र मिठो भएकाले पनि पढ्न सहज भएको उनले बताए।
“उपन्यासले नेपाली समाजको तस्विर देखाउनु पर्छ । समाजको संघर्स बदलिदो समयको राजनैतिक आर्थिक पारिवारिक सम्बन्ध बारे गाउँ सहरको बिचको सम्बन्ध देखाउन सक्नु पर्छ। ” गुरुङले बताए।

उनका अनुसार आजको साहित्यमा नागरिकले संघर्षमा बगाएको पसिनाको गन्ध आउनु पर्छ । साथै उपन्यासमा धेरै मान्छेको विचार र आवाज आउजाउ हुने भएकाले उपन्यास पाठकका लागि स्वादिलो बन्न सक्छ । उपन्यास समाजको दर्पण मात्रै नभएर समाज कताजादैँ छ भनेर दिसा निर्देश गर्ने भएकाले पनि खराब विचार र समस्याको लडाइको अपिल गर्नसक्नु पर्छ । ‘म र म’ ले पनि नेपाली उपन्यासको क्षेत्रमा सुगन्ध थपेको उनले बताए।
कलाकार प्रभाकर देव शर्माले कार्यक्रममा बोल्दै उपन्यास पढ्दा उपन्यासमा भएका शव्द चएन र सरलताले सरल भाषामै पनि गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताए ।
कार्यक्रममा कलाकार मदनदाश श्रेष्ठले पनि शुभकामना मन्तव्य दिदै कितावले अमेरिका बसाइको भोगाइ, बातावरण र चहलपहललाई राम्रोसँग समेटेको बताए ।