राजनीति

काँग्रेस कार्यकर्तालाई अन्य पार्टीलाई मत हाल्ने छुट छैन, रबिले जनतालाई भावनाको ब्यापार गरिरहेछन्ः गगन थापा

४ वैशाख, चितवन । नेपाली काँग्रेसका माहामन्त्री गगन थापाले रास्वपाका सभापति रबि लामिछानेले जनतालाई भावनामा बगाउन खोजेको बताएका छन् ।
आज चितवनमा काँग्रेसद्वारा आयोजीत कार्यक्रममा बोल्दै लामिछानेको भनाईमा बिश्वास नगर्न अनुरोध गर्दै नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका छन् ।
माहामन्त्री थापाले कसैले भनेको भन्दा पनि विवेक प्रयोग गरेर मतदान गर्न भनेका छन् । उनले रबि लामिछानेले दोहोरो नागरीकताको बिषयमा पार्टीहरुलाई लगाएको आरोप गलत भएको बताउँदै काँग्रेस कार्यकर्तालाई काँग्रेसलाई मत नहाल्ने छुट नभएको बरु मत नै नहाल्न भने मिल्ने बताउँदै लोकतन्त्र रक्षाका लागि काँग्रेसको बिकल्प नभएको जिकिर गरेका छन् । केही दिनदेखी नेपाली काँग्रेसका धेरै केन्द्रीय नेताहरु उपनिर्बाचन केन्द्रीत गर्दै चितवन र तनहुँ केन्द्रीत देखिएका छन् ।