राजनीति

बालेनले नउठाएको सिंहदरबारको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थाल्यो

५ बैसाख, काठमाडौं । काठमाडौं महानगरपालीकाले सिँहदरबारको फोहोर नउठाएपछि शहरी विकास मन्त्रालयले आफैं उठाउन थालेको छ ।

केही दिन अगाडी नै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने भनेपछि मेयर शाह र महानगरका बिरुद्धमा सर्बोच्च अदालतमा मुद्धा छ ।
सहरी विकास मन्त्रालय भनेको छ, ‘काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ’

शहरी विकास मन्त्री सीता गुरुङले फोहोरमा राजनीति गर्न नहुने भन्दै आएकी थिइन् । सार्बजनिक कार्यक्रममा मन्त्री गुरुङले फोहोरमा राजनीति नगर्न बालेन शाहलाई आग्रह गरेकी थिईन् ।