५ बैसाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम् पुर्व उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेले गरेको निर्णय आजको मन्त्रीपरिष्द बैठकले खारेज गरेको छ ।
आज बसेको मन्त्री परिसद बैठकले नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९लाई खारेज गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धि बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुराहरु निजी कम्पनीलाई दिने भन्ने गृहमन्त्रालयले कार्यविधि पास भएको रहेछ । त्यो कार्यविधिलाई खारेज गर्ने निर्णय भएको छ’
उक्त निर्णयका कारण रबि लामिछाने केहीदिन अगाडी बिबादमा आएका थिए । पछिल्लो समय आफ्नै सवारी चालक तीन तलामाथीबाट खसेको अभियोगमा बिबादमा तानिएका छन् । यानिकी सवारी चालकलाई आज थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।
रबि लामिछानेले काण्डै काण्डको पदवी पाउन थालेका छन् । यस अघि पटक पटक संसद बिघटनलगायतका कारण काण्डै काण्डको उपमा लागेका केपी शर्मा ओलीलाई रास्वपा सभापति लामिछानेले जित्न लागेको देखिन्छ । दोहोरो नागरीकता काण्ड, पासपोर्ट काण्ड, गृहमन्त्री हुँदाको बिना टेण्डर एक प्रालीलाई मनोमानी ठेक्का दिएको काण्ड, सवारी चालक छतबाट खसेको काण्डलगायत कम्तीमा पछिल्ला ४ काण्ड सार्बजनिक रुपमा देखिईसकेका छन् । उपप्रधान तथा गृहमन्त्री भएपछि देखिएका काण्ड भएपनि अन्य धेरै काण्डहरु रबि लामिछानेप्रति लागेका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट भारी मतले बिजयी भएका लामिछाने नागरीकता काण्डका कारण हात धुन पुगे, उक्त स्थानको उपनिर्बाचनमा लामिछाने पुनः उम्मेद्वार बनेका छन् । काँग्रेस, एमालेलगायतका बलिया उम्मेद्वारसँग प्रतिष्पधी बनेका लामिछानेले गरेको पछिल्लो गृहको निर्णय आज बर्तमान सरकारले खारेज गरेपछि लामिछानेमाथी नैतिक दबाब परेको छ ।





