आर्थिक

मुक्तिनाथ बैंकद्वारा ग्राहकहरुलाई “दृश्य लाउन्ज” मा विशेष छुट दिने

२६ बैशाख, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकलाई विशेष छुट दिने विज्ञप्ती सोमबार सार्वजनिक गरेको छ । बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको “दृश्य लाउन्ज” (Drishya Lounge) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले भनेका छन् “सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।”

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।