३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं भनेका छन् ।
उनले राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै, ‘अब समय आएको छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोवाट उन्मुक्ति दिने’ भन्दै आक्रोश पोखेका छन् ।
डा कोईरालाले यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको तर्क गरेका छन् ।
बरिष्ठ नेता कोईरालाको स्टाटस्ः
भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं ।
तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।
यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।
अब समय आएको छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोवाट उन्मुक्ति दिने।





