अन्तर्राष्ट्रिय

गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

३१ बैशाख, एजेन्सी । हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ।
गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।