अन्तर्राष्ट्रिय

म्यानमाको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा

३१ बैशाख, एजेन्सी । मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।
मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार १६१ मिमी वर्षा रेकर्ड गरिएको छ ।
चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट ९करिब ४.२६ मिटर० सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।