राजनीति

नेताहरुको अपराधीलाई संरक्षण होईन अपराधमा आफ्नै सम्लग्नता छ : पुर्व राजदूत आचार्य

३१ बैशाख, काठमाडौ । भारतका लागि नेपालका पुर्व राजदूत निलाम्बर आचार्यले गृहमन्त्री र गृह प्रसासनले भुटानी शरणार्थी प्रकरणमा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
उनले टंक प्रसाद आचार्य प्रतिस्ठानद्वारा आयोजित मानव तस्करी, नक्कली शरणार्थी प्रकरणू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उच्च स्तरका राजनीतिक ब्यक्तित्व अपराधीको, मानव तस्करको संरक्षणमा लागेको भन्दा पनि आफैं सम्लग्नता रहेको देखिएको बताएका छन् ।
उनले कार्यक्रममा बोल्दै नेपालको बेइज्जत भएको भन्दै शरणार्थीको नक्कली शरणार्थीलाई कमिसनलिने काण्डलाई गहिरो अनुसन्धान गरेर दोसि उपर कडा कारबाही गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले भुटानी शरणार्थी काण्डमा आफ्नै गृहमन्त्री पक्राउ गरेको घटनाले जनतामा प्रहरी प्रती बिश्वास बढेको बताए ।


उपाध्यायले कसैले म गलत छु कारबाही गरोस भनेर कसैले पनि भन्नेवाला नभएको भन्दै नागरिक समाजले कारबाहीकालागी दबाब दिनुपर्ने बताए । कारबाहीका लागि धेरै निकायहरु हुने हुँदा धर्मराउने हुँदा नागरिक समाज सचेत हुनुपर्ने र तस्करको सम्पत्ति जफत गर्न सम्म पछि पर्नु नहुने बताए । कार्यक्रममा शरणार्थी काण्ड मानव तस्करी, सङ्ठित अपराध, अन्तर्राष्ट्रिय कानुनको उलंघनलगायतका मुद्दा हुनुपर्ने बताए । उनले यस्ता काममा आपराधिलाई कारबाही गर्न नसके नेपालको बिश्वले नै गलत रूपमा लिनसक्ने हुँदा दबाबका लागि हरेक नागरिक जिम्मेवार भएर लाग्नुपर्ने बताए ।