राजनीति

स्वर्णिमको चेतावनी : नक्कली भुटानी शरणार्थीकाण्ड अन्तरास्ट्रिय अपराध हो, मानव तस्करी हो, सामसुम होला

३१ बैशाख, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका साम्सद डा स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणलाई सामसुम हुन दिनुनहुने बताएका छन् ।
उनले भ्रष्टाचारका चिनिएका कतिपय ब्यक्तिले देखाएर नै भ्रष्टाचार गतिरहेको देखिएको हुँदा त्यसका लागि आम्दानी र खर्चको बिधीद्वारा भ्रस्टाचारीलाइ कारबाही गर्ने प्रक्रिया अपनाए धेरै भ्रष्टाचारी जेल जाने निश्चितै भएको दाबी गरे ।
उनले ललितपुरमा आयोजित टंक प्रसाद आचार्य स्मृति प्रतिस्ठानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्बजनिक खरिद ऐन नै संसोधित गरेर नै भ्रष्टाचार गर्ने चलन आएकोमा त्यस्मा खोज पत्रकारिताको काम आएको बताएका छन् ।
उनले सुर्यनाथ उपाध्यायका पालामा भ्रष्टहरुलाई कारबाही गर्ने आट गरिएको भन्दै साडी बाढेर आफ्नो भोट उपनिर्बाचनमा घटेको जिकिर गरे। सोझै राजनीतिमा बिना बिचौलिया मतदाता सङ जान सक्ने अवस्था ल्याउन आफू लागि परेको भन्दै आफुले अन्यले जति चल्खेल गरे पनि आफुले इमानदार भएर जनताको ढोकामा गएकोले तनहुँका जनताले बिश्वास गरेर जिताएको बताए ।
उनले शरणार्थी काण्ड माहाठगी भएको भन्दै अख्तियारका आयुक्त प्रेम राइसङ कुरा भएको बताए । उनले सबै महत्वपूर्ण पदमा पैसा खाएर नियुक्ति गर्ने परम्परा नै भएको बताए ।