अन्तर्राष्ट्रिय

पाकिस्तानको पेशावरमा बम विस्फोटः एक जनाको मृत्यु, तीन जना घाइते

५ जेठ, इस्लामाबाद । पेशावरमा मोटरसाइकलमा राखिएको बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रदेश राजधानीमा बुधबार मोटरसाइकल मर्मत गर्ने क्रममा बम विस्फोट भएको हो । पेशावर पाकिस्तानको छैटौं ठूलो शहर र खैबर पख्तुनख्वाको राजधानी पनि हो।

“मोटरसाइकलमा राखिएको बम विस्फोट भएको हो। विस्फोटको प्रकृति बारे जानकारी सङ्कलन गर्दैछौँ। प्रारम्भिक रिपोर्टले मोटरसाइकल मर्मत गर्ने क्रममा विस्फोट भएको हुन सक्ने देखिन्छ,” प्रहरी अधिकारीहरूले बताएका छन् । सो घटना पेशावर शहरको रिङ रोडमा रहेको एउटा होटल नजिक भएको हो ।

प्रहरीका अनुसार घाइते तीनमध्ये एकजना मोटरसाइकल चालक  हुन् । अर्का घाइते एकजनाको अवस्था गम्भीर छ । विस्फोटको अनुसन्धान भइरहेको छ ।