समाचार

प्यूठानमा आगलागीबाट ३ जना घाइते, ११ घर जलेर नष्ट

जेठ ८, प्यूठान । प्यूठानको धनवाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा आइतबार राति धाइरेनी सामुदायिक वनको डढेलो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको हो ।

त्यस्तै, आगो निभाउने क्रममा ३ जना घाइते भएको प्रहरीले जानकारी दिए । अहिले भने स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले बताए ।