राजनीति

निर्बाचन आयोगले काँग्रेसका तीन र जसपाका एकजना सहप्राध्यापकलाई दलमा लागेको भन्दै सोध्यो स्पस्टीकरण

९ जेठ, काठमाडौं । त्रिभूवन बिश्वबिद्यालयका ४ जना सहप्राध्यापकमाथी राजनीतिमा लागेको आरोपमा छानबिन हुने भएको छ ।
निर्बाचन आयोगले नेपाली काँग्रेसका ३ जना महाधिवेशन प्रतिनिधि र १ जना जनता समाजबादीका कन्द्रीय सदस्यमाथी छानबिन गर्ने भएको हो ।
कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र समाजवादीका केन्द्रीय सदस्य उमाशंकर प्रसाद निर्बाचन आयोगको छानबिनमा परेका छन् ।

निर्बाूचन आयोगका प्रवक्ताले भनेका छन्, ‘‘कानुनविपरीत सहप्राध्यापक राजनीतिक दलमा आबद्ध रहेको उजुरी प्राप्त भयो, छानबिन र कारबाहीका लागि स्पष्टीकरण पठाएका छौं, ‘जवाफ के आउँछ, त्यसपछि थप निर्णय हुन्छ ।’
राजनीतिमा लागेकोमा स्पष्टिकरण साध्दै तीन दिनभित्र जवाफ मागेको निर्बाचन आयोग कडा रुपमा प्रस्तुत हुने देखिन्छ । नेपालको कानूनमा बिश्वबिद्यालयमा काम गर्नेले पार्टीको सदस्यता लिन नपाउने नियमअनुसार उनीहरुलाई आयोगले स्पष्टिकरण सोधेको हो ।