१० जेठ, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भूटानी शरणार्थीलाई नक्कली बनाएर अमेरीका पठाउने कार्यमा संलग्नलाई कारबाही गर्न किन डराएको भनी प्रश्न गरेका छन् ।
आजको साँसद बैठकमा बिशेष समय लिएर बोल्दै प्रमाण पुगेको बिषयमा अनुसंधान गर्न भूटानी शरणार्थी काण्डका सबैलाई अनुसंधान गरी कारबाही गर्न गृहप्रशासन डराउन नहुने कडा रुपमा माग गरेका छन् ।
उनले भनेका छन्, ‘“भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुसु बस्दा हामीले आशंका नगरेका होइनौँ, अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान गर्न किन डराएको ?”
सभापति लामिछानेले थपे “अँध्यारोमा होइन दिनको उज्यालो, सिंहदरबार र बालुवाटारमा लेनदेन भएको छ, अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको ?’’
उनले कडा रुपमा प्रश्न गर्दै भने, ‘‘गृहमन्त्री किन डराएको मुटु कहाँ गयो ?” सभापति लामिछानेले पुर्व गृहममन्त्री रामबहादुर थापा, अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख प्रेम राईलगायतलाई छलफलका लागि बोलाउन पनि नहुने उहाँहरु को हो ? भन्दै साासदमा जंगीएका छन् ।





